• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » हामी नेपाललाई स्वतन्त्र बनाउन चाहन्छौ : महासचिव थापा
हामी नेपाललाई स्वतन्त्र बनाउन चाहन्छौ : महासचिव थापा


अमृत विक
फागुन १७ गोरखा । नेकपा–माओवादीका महासचिव राम बहादुर थापाले नेपाली जनताले खोजी रहेको जस्तो लोकतन्त्र या जनतन्त्र नआएको दाबी गरेका छन् । 

यसअघिका परिवर्तनहरु सकारात्मक भए पनि त्यो आमुल परिवर्तन नभएको भन्दै थापाले देशको शासन सत्ता विदेशीको हातमा रहेकै कारण नेपाली जनता नेपालको मालिक हुन नपाएको समेत उल्लेख गरेका छन् ।

नेपाली जनताको हातमा शासनसत्ता नआएसम्म नेपालमा परिवर्तन हुन समेत नसक्ने भन्दै उनले नेपाललाई स्वतन्त्र सार्वभौम र स्वाधिन बनाउन क्रान्ति आवश्यक रहेको समेत बताए । 

गोरखाको सदरमुकाम गोरखामा शनिवार नेकपा–माओवादी गोरखाको पाँचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव वादलले नवसंसोधनवादी र यथास्थितीवादीहरुले राजतन्त्रको अन्त्य हुनुलाई नै क्रान्ति सम्पन्न भई सकेको भनेर नेपाली जनतामाथी भ्रम छरीरहेको आरोप समेत लगाएका छन् ।

नेपालमा सार्वहारा क्रान्तिकारीहरु बाहेक अरु कसैले पनि क्रान्ति गर्न नसक्ने भन्दै देशको शासन सत्ता नेपालका सर्वहारा दलित, महिला र पिछडीयका वर्गको हातमा ल्याउन सम्पूर्ण क्रान्तिकारीहरु एकजुट हुनुपर्ने उनको भनाई छ । “हामी जनताको क्रान्ति गर्न चाहान्छौ , नेपाललाई स्वतन्त्र बनाउन चाहन्छौ , कार्यक्रममा महासचिव थापाले भने, सबै खाले वर्गीय असमानता अन्त्य गर्न चाहान्छौ र नेपाली जनतालाई यो देशको मालिक बनाई आफ्नो भाग्यको फैसाला आफै गर्न सक्ने बनाउछौ ।” 

महासचिव थापाले नेपाली जनताको त्याग र बलिदानी पछि पटक–पटक प्राप्त उपलब्धी संसोधनवादी नवसंशोधनवादी यथास्थीतिवादी र प्रतिक्रियावादीहरुको गद्दारीका कारण गुमेको स्मरण गर्दै हजारौ महान सहिदको वलिदानीवाट स्थापित जनयुद्धको जगलाई जोगाएर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने कार्यभार आफूहरुमा रहेको पनि उल्लेख गरेका छन् । 

जुन मुलुकको निर्णय आफैले गर्न सक्दैन त्यस्तो मुलुक स्वतन्त्र र सार्वभौम हुन नसक्ने भन्दै उहाँले एक पूर्व प्रधानमन्त्रीले सत्तामै रहदा नेपाली जनताकै माझ यो देशको चावी मेरो हातमा छैन भन्नुले पनि यो देश पराधीन रहेको प्रमाणीत हुने महासचिव थापाको भनाई थियो । 

प्रकाशित मिति: March 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |