डीएलएको महाधिवेशनमा हात हालाहाल, घिमिरे भने अध्यक्ष निर्वाचित

असन्तुष्ट समूहले अधिवेशन बहिष्कारको घोषणा गरेपछि डीएलए नेपाल को ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा घिमिरेको एक्लो दाबी परेपछि र्निविरोध भएका हुन । उनलाई निर्वाचन मण्डलले निर्वाचित भएको घोषणा गरेको हो । महाधिवेशनमा हातहालाहालको समेत अवस्था सिर्जना भएको थियो ।
त्यस्तै उपाध्यक्ष र सचिवहरुको अझै पनि टुङ्गो लाग्न सकेको छैन । निर्वाचन प्रक्रिया शनिबार रातिसम्म जारी रहने बुझिएको छ । महाधिवेशनमा मुलुकभरबाट १ हजार ८० सय प्रतिनिधिको सहभागिता छ ।
मध्यपश्चिमबाट उपाध्यक्ष पदमा अधिवक्ता प्रहलादबहादुर कार्की र दाङका घनश्याम थापाले दाबी गरेका छन् । लक्ष्मण थपलिया, मेघराज पोखरेल, कमलमणि निरौला, खम्बबहादुर खाती लगायतले महासचिवमा दाबी गरिरहेका छन् ।
उद्घाटनशत्रमा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।
प्रकाशित मिति:
March 01, 2014