• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » डीएलएको महाधिवेशनमा हात हालाहाल, घिमिरे भने अध्यक्ष निर्वाचित
डीएलएको महाधिवेशनमा हात हालाहाल, घिमिरे भने अध्यक्ष निर्वाचित

फागुन १८ । तीब्र विरोधका बीच प्रधानमन्त्री कोइराला निकट अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए नेपाल) को केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन् ।

असन्तुष्ट समूहले अधिवेशन बहिष्कारको घोषणा गरेपछि डीएलए नेपाल को ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा घिमिरेको एक्लो दाबी परेपछि र्निविरोध भएका हुन । उनलाई निर्वाचन मण्डलले निर्वाचित भएको घोषणा गरेको हो । महाधिवेशनमा हातहालाहालको समेत अवस्था सिर्जना भएको थियो ।

त्यस्तै उपाध्यक्ष र सचिवहरुको अझै पनि टुङ्गो लाग्न सकेको छैन । निर्वाचन प्रक्रिया शनिबार रातिसम्म जारी रहने बुझिएको छ । महाधिवेशनमा मुलुकभरबाट १ हजार ८० सय प्रतिनिधिको सहभागिता छ ।

मध्यपश्चिमबाट उपाध्यक्ष पदमा अधिवक्ता प्रहलादबहादुर कार्की र दाङका घनश्याम थापाले दाबी गरेका छन् । लक्ष्मण थपलिया, मेघराज पोखरेल, कमलमणि निरौला, खम्बबहादुर खाती लगायतले महासचिवमा दाबी गरिरहेका छन् ।

उद्‌घाटनशत्रमा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: March 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |