कोही कोही मानिसहरु सेक्सको प्यास मेटाउन जे गर्न पनि पछि नपरेको घटनाहरु त सुनिदै आएकै हो । त्यस्तै अब नायिका जिया केसीले पनि सेक्सको प्यास मेटाउन आफ्नो जिन्दगी नै बर्बाद बनाउने भएकी छन् । तर, रियल लाइफमा भने होइन रिल लाइफमा मात्रै ।
उनले एक चलचित्रमा आफ्नो व्यापारी श्रीमान् पैसाको पछि कुद्न थालेपछि यौन सन्तुष्टी मेट्नको लागि परपुरुषसँग सम्बन्ध राखेर जिन्दगी बर्बाद बनाउने खालको अभियन गर्न लागेकी हुन् ।
यति मात्रै होइन उत्तेजक दृश्य दिनको लागि माहिर जियाले अर्को सिनेमामा पनि थुप्रै सेक्स सिन दिने भएकी छिन् । अतः अब चलचित्र बर्बादबाट फेरि एक पटक उनी चर्चामा आउँदै छिन् ।
फिल्म नगरी पोखरामा शुभमुहुर्त गरी धमाधम छायांकन भइरहेको बर्बादलाई जीके शर्माले निर्माण गरेका हुन् भने बिन्दास निर्देशक रिक विश्वकर्माले निर्देशन गरिरहेका छन् । यस सिनेमामा जियालाई नव नायक गणेश गिरीले साथ दिनेछन् ।
अधिकांश छायांकन पोखरामा नै गरिने बताइएको बर्बादमा सेक्सले भोकाएकी व्यापारीकी श्रीमतीको भूमिकामा आफू देखिन खोजेको बताइन् ।
चलचित्र एटिएमदेखि यस्तै यस्तै कुराहरुबाट आलोचना सँगै चर्चामा आईरहने यी नायिकालाई चलचत्रि बर्बादबाट बर्बादीकै बाटोमा पुर्याउने हो कि के गर्ने हो त्यो हेर्न भने समयलाई कुर्नैपर्नेछ ।