प्रचण्ड र कोइरालाबीच भेटवार्ता, सहमति जुटेन
कात्तिक २३ – एनेकपा (माओवादी) र नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच बजेट, राष्ट्रिय सहमतीय सरकार गठन, संविधान र निर्वाचनलगायतका विषयमा आज भएको वार्तामा सहमति जुट्न सकेन ।
यो वार्तामा पनि यसअघि दुवै दलले राख्दै आएका अडान प्रस्तुत भएपछि वार्ता सहमतिमा पुग्न नसकेको हो । सहमतिको सरकार बनाएर निर्वाचनमा जाने र बजेट ल्याउने विषयमा वार्ता केन्द्रित थियो ।
वार्तामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले यही सरकारमा सहभागी हुन गरेको आग्रहलाई काँग्रेसले अस्वीकार गरेको थियो । त्यसको सट्टामा काँग्रेसले आफ्नै नेतृत्वमा सहमतिको सरकार गठन गरी निर्वाचनमा जान अध्यक्ष दाहालसामु प्रस्ताव गरेको थियो ।
अध्यक्ष दाहालका निवास लाजिम्पाटमा भएको सो वार्तामा एमाओवादीका तर्फबाट अध्यक्ष दाहाल र काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल सहभागी थिए ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याउन सहमति जुटाउने प्रयास गरिरहेको छ भने प्रतिपक्षमा रहेको दलहरु संयुक्तरुपमा सरकारविरुद्ध भावी आन्दोलनको रुपरेखा तयार गर्न लागेका छन् । यहीबेला दुई दलका शीर्ष नेताबीच यो वार्ता भएको छ तर वार्ता फलदायी भएन ।
भेटपछि काँग्रेस उपसभापति पौडेलले असहमतिको गाँठो अझै फुक्न नसकेको बताउँदै एमाओवादीले पटकपटक कुरा फेर्ने गरेकाले सहमति भैहाल्ने स्थिति छैन भने । बजेट, सहमतिको सरकार गठन र निर्वाचनबारे छलफल भएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति:
November 08, 2012