ज्ञानेन्द्रलाई नारायणहिटी भित्र्याउने चेतावनी
जेठ १६ । राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले आगामी मङ्सिरमा पनि चुनाव हुन नसके २०६२÷६३ को जस्तै आन्दोलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्र्याउने चेतावनी दिएका छन् ।
राप्रपा नेपाल तेह्रथूमले सदरमुकाम म्याङलुङमा आज आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले पूर्वराजा बाहिरिएपछि बनेका सरकारका मन्त्रीहरूले भ्रष्टाचार गरेर देश खोक्रो बनाएको आरोपसमेत लगाए ।
राजासहितको हिन्दुराष्ट्र स्थापना भएमात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न पाउने भन्दै श्री लावतीले त्यसका लागि पार्टी चुनावी अभियानमा होमिइसकेको बताए ।
प्रकाशित मिति:
May 30, 2013