वाम गठबन्धनको ५ सिट लत्याउँदै मधेसवादी दलद्धारा कांग्रेसको ४ सिटमा सहमति
काठमाडौं १० माघ
मधेसवादी दलले राष्ट्रियसभाको निर्वाचनमा वाम गठबन्धनले पाँच सिट दिए पनि त्यसलाई छाडेर कांग्रेसले दिएको चार सिटमा सहमति गरेका छन् ।
मधेसवादी दलको यो निर्णयसँगै उनीहरुले प्रदेश दुईमा सरकार गठन गर्दा वाम गठबन्धनसँग नमिल्ने संकेत समेत गरेका छन् ।
यता, राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका हुन् ।
प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई/दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् ।
निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते आज उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।
प्रकाशित मिति:
January 24, 2018