• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » मेगा बैंकको प्रतिसेयर आम्दानी खुम्चियो, प्रतिसेयर ५ रुपैयाँ ३४ पैसा मात्र
मेगा बैंकको प्रतिसेयर आम्दानी खुम्चियो, प्रतिसेयर ५ रुपैयाँ ३४ पैसा मात्र

काठमाडौं १० माघ ।
मेगा बैंकले पूँजी वृद्धिको अनुपातमा आम्दानी बढाउदा नसक्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८३ प्रतिशतले पूँजी बढ्दा बैंकको खुद कमाई ६ प्रतिशतले मात्र बढेको छ । यसो हुँदा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा छ ।

आठ अर्ब चुक्ता पुँजी पुर्याउन बैंकले टुरजिम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा समेत छ ।

मेगा बैंकले चालु आर्थिक वर्षको पुष मसान्तमा ३९ करोड ३६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुलीमा सुधार आएपछि नाफामा सामान्य बढोत्तरी देखिएको हो । बैंकको ब्याज खर्च, कर्मचारी खर्च तथा जोखिम वापतको व्यवस्थापन खर्च समेत बढ्न गएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी चार अर्ब एक करोड रुपैंयाबाट बढेर सात अर्ब ३७ करोड पुगेको छ । यसअवधिमा बैंकले चुक्तापूँजी ८३.८६ प्रतिशतले बढाएको छ । बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको हो । साथै बैंकले ९.४५ प्रतिशत बोनस सेयर समेत प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब नाघ्नेछ । 

प्रकाशित मिति: January 24, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |