फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा संचयकोषका सञ्चयकर्ता र संस्थापक कम्पनीका कर्मचारीले मात्र पाउने छन् ।
सर्वसाधारणका लागि भने कम्पनीले दोस्रो चरणमा आइपिओ निष्काशन गर्नेछ ।
निष्काशित सेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता लागि एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ कित्ता तथा ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख ८४ हजार २१० कित्ता सेयर निष्काशन हुने जनाइएको छ ।
प्रकाशित मिति:
February 11, 2018