• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » खसी बोका कात्तिक ३ गतेबाट बिक्री सुरु हुने
खसी बोका कात्तिक ३ गतेबाट बिक्री सुरु हुने

असोज २० – नेपाल खाद्य संस्थानले कात्तिक ३ गतेदेखि खसी बोका बिक्री गर्ने भएको छ ।

संस्थानले दसैँको समयमा काठमाडौँ उपत्यकामा मासुको अभाव हुन नदिई बजार मूल्यमा सन्तुलन कायम गर्न खसी बोका ल्याएर बिक्री गर्न लागेको हो ।

संस्थानका प्रवक्ता ईन्द्रप्रसाद सिटौलाले यही असोज ३० गतेसम्म बाँके र मकवानपुरबाट खसी बोका खरिद गरी काठमाडौँमा ल्याउने र त्यसको लागतको अनुपातमा मूल्य निर्धारण गरेपछि बिक्री वितरण गर्ने बताए ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला पशु विकास अधिकारी र संस्थानको अञ्चल कार्यालय प्रमुखसहितको समूहले किसानले उत्पादन गरेका खसी बोकालाई आवश्यक परीक्षण गरी स्वस्थ्य रहेका खसी बोकालाई खरिद गरिनेछ ।

सस्थानले दसैँको समयमा अत्याधिक मासुको माग बढ्ने भएकाले बजारलाई व्यवसायीको एकाधिकार हुन नदिन प्रत्येक वर्ष दसँैको समयमा उपत्यका बाहिरबाट खसी बोका खरिद गरी राजधानीमा ल्याई बिक्री गर्दै आइरहेको छ ।

संस्थानले गत वर्ष दुई हजार ५०० खसी बोका ल्याएकोमा यसपटक तीन हजार वटा ल्याउने र त्यसका लागि करिब रु एक करोड ८४ लाख विनियोजन गरिएको प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति: October 06, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |