• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पैसा कमाउन मलेसिया पुगेको दिपेन्द्र ८ वर्षसम्म पनि बेपत्ता भएपछि...
पैसा कमाउन मलेसिया पुगेको दिपेन्द्र ८ वर्षसम्म पनि बेपत्ता भएपछि...

असोज १९ – वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक जना नेपाली ८ वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारमा झन् चिन्ता छाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका बागवानीका दीपेन्द्र दमाई ८ वर्षदेखि सम्पर्कविहीन भएका हुन् । महाकाली ओभरसिज प्रालिबाट सन् २००३ मा उनी लेबर भिसामा मलेसिया पुगेको बताइएको छ ।

दीपेन्द्रसँगै मलेसिया पुगेका सबै साथी घर फर्कि सकेको भए पनि उनी भने अहिलेसम्म नफर्किएको उनका बुवा मानदेव दमाईले बताए । छोरो ज्युँदो छ कि छैन भनेर थाहा नभएको समेत उनको भनाई छ ।

मलेसिया पुगेको एक वर्षपछि छोरासित सम्पर्क हुन छाडेको उनका बुवाले गुनासो गरे । उनले सुरुमा पैसा पठाए पनि एक वर्षपछि भने केही खबर नआएको बताएको राससमा उल्लेख छ ।

दीपेन्द्रका बुवाका अनुसार उनले मलेसिया पुगेको नौ महिनापछि घरमा चिट्ठी पठाएर आराम रहेको जानकारी दिएका थिए । उक्त चिठीमा कम्पनीले मासिक २१ हजार रुपैयाँ तलब दिएको समेत उल्लेख रहेको जनाइएको छ ।

अहिले भने दीपेन्द्रका बुवा चिट्ठी खल्तीमा बोकर छोराको खोजीका भांैतारिरहेका छन् । मलेसियाबाट उनीसँगै गएका भतिजाहरु घर फर्केपछि उनले दीपेन्द्र सम्पर्कविहीन बनेको थाहा पाएका हुन् ।

प्रवासी नेपाली समन्वय समितिलाई खोजीका लागि सहयोग गरिदिन नेपालीले आग्रह गरेका छन् ।

प्रकाशित मिति: October 05, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |