• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अरिङ्गालको टोकाईबाट छोराछोरीको मृत्यु भएपछि आमाले आफ्नै घाटीमा खुकुरी हानिन्
अरिङ्गालको टोकाईबाट छोराछोरीको मृत्यु भएपछि आमाले आफ्नै घाटीमा खुकुरी हानिन्


असोज २० – अरिङ्गाालले टोकेर आफ्ना दुई छोराछोरीको मृत्यु भएपछि सोलुखुम्बुमा एक महिलाले आफ्नै घाटीमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेकी छन् ।


सोताङ–३ नार्केल निवासी इन्द्रबहादुर राईकी २८ वर्षीय अम्बिका राईले आफ्नै घाँटीमा खुकुरी हानी आत्महत्या प्रयास गरेकी हुन् ।

घाँटीमा खुकुरी प्रहार गरी बेहोस भएकी अम्बिकाको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।

घरनजिकै खेल्दै गर्दा अरिङ्गालले टोकेर नौ वर्षीय छोरी बिनिता र पाँच वर्षीय छोरा सुशीलको मृत्यु भएपछि आमा अम्बिकाले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

अरिङ्गालले टोकेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउने क्रममा बिनिताको र उपचारपछि घर फर्केपछि सुशीलको मृत्युभएको थियो ।

घाँटीमा चोट लागेर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेकी अम्बिकाका श्रीमान् ईन्द्रबहादुर राई वैदेशिक रोजगारका क्रममा विदेशमा छन् ।

प्रकाशित मिति: October 06, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |