• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » मोटरसाइकल दुर्घटनामा एमाले नेताको मृत्यु
मोटरसाइकल दुर्घटनामा एमाले नेताको मृत्यु


असोज २० – नेकपा (एमाले) दाङका क्षेत्र नं ३ का अध्यक्ष घनश्याम बुढाथोकीको शुक्रबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख लोकेन्द्र मल्लका अनुसार घोराहीको दीपशिखा सडकमा लु १० प ९४७१ नम्बरको मोटरसाइकल र बुढाथोकी सवार लु ६ प ७८१७ नम्बरको मोटरसाइकल ठोक्किदा उनको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बुढाथोकीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

यसैबीच बुढाथोकीको आज भएको असामयिक निधनको नेकपा (एमाले) दाङले दुःख व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष नरुलाल चौधरीले शोक विज्ञप्ति निकालेर दुःख व्यक्त गरेका छन् । – रासस

प्रकाशित मिति: October 06, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |