मानवअधिकारका उल्लंघनकर्ता बस्नेतलाई बढुवा गर्दा डा.बाबुराम बने 'लाल गद्धार'
उनलाई कुर्सीबाट लछारेर त्यो चिल्लो कुर्सीमा आफू बसौँ भन्ने विपक्षी दलका नेता तथा कार्यकर्ता मात्रै होइनन्, बिप्पा सम्झौता सँगै देशका दर्जन बढी विमानस्थल भारतलाई दिने कुराले आफ्नै पार्टीका नेता तथा कार्यकर्ता समेत प्रधानमन्त्री (पिएम) डा. बाबुराम भट्टराईसँग सशंकित बन्दै आएका थिए ।
यी विषयहरुमा विपक्षीहरुले त कडा रुपमा आन्दोलन समेत चर्काएका हुन् । तर, पार्टीको जुठो खाएर हुर्किएका कार्यकर्ताहरु भने पर्ख र हेर भने झै चुप लागेर बसिरहे ।
तर अहिले भने तिनै कार्यकर्ता समेत प्रधानमन्त्री भट्टराईसँग आक्रोशित बन्न पुगेका छन् । आफ्नै पार्टी नेतृत्त्वको सरकार भएको त्यही सरकारले बुधबार नेपाली सेनाका महासेनानीमा द्वन्द्वकालमा भैरवनाथ गणबाट ४९ माओवादी नेता तथा कार्यकर्ता बेपत्ता पारिएको आरोपित राजु बस्नेतलाई बढुवा गरेपछि उनलाई पक्ष तथा विपक्षी कार्यकर्ताहरुले लाल गद्धार समेत घोषणा गरेका छन् ।
बुधबार बसेको मन्त्री परिषदले महासेनानीहरू प्रभुराम शर्मा, राजु बस्नेत, विजयध्वज कार्की, समीर शाही, सुवर्ण र बहादुर महतलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको थियो भने बाबुराम श्रेष्ठ, अरूणकुमार पाल, प्रदीपजङ केसी सन्तोषकुमार ढकाल र नीरज पौडेललाई महासेनानीमा बढुवाका लागि स्वीकृति दिएको थियो ।
तर, यो लिस्टमा रहेका राजु बस्नेत बस्नेत अर्थात् नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल राजु बस्नेतलाई संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध समेत गरिसकेको अवस्था हो ।
थोरै मात्रै अगाडी
यसअघि अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मासँग डा. बाबुराम भट्टराईले यसो पनि भनेका थिए -
'बस्नेत प्रक्रियामा म गम्भीर र सचेत छु । उनको बढुवा सरकारले गर्दैन, तर कारबाहीका हकमा भने द्वन्द्वकालका सबै मुद्दा सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गरिनेछ ।'
हो, बस्नेतको बढुवा नगर्न भनी प्रधानमन्त्री कहाँ गएका शर्मासँग भट्टराईले यसो भने पनि बुधबार भने उनै बस्नेतलाई क्रान्तिकारी सरकारका प्रधानमन्त्री बढुवा गरि छाडे ।
कसरी भए त बाबुराम लाल गद्धार
द्वन्द्वकालमा अहिलेका अखिल क्रान्तिकारी अध्यक्ष हिमाल शर्मालाई क्रुरतापूर्ण यातना दिँदै राजु बस्नेत । |
क्रान्तिकारी सरकार अर्थात १० वर्षे जनयुद्ध गरेर आएको पार्टीका उपाध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्व सरकारले बस्नेतलाई बढुवा गरेपछि कार्यकर्ताहरु चुर भएका हुन् । बढुवासँगै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले कसरी विर्सन सक्छु र भैरवनाथ गण राजु वस्नेत वढुवा, हामीलाई धोका भनेर फेसबुकमार्फत आफ्नो पीडा पोखेका छन् ।
त्यस्तै, सरकारमा सहभागी एमाओवादीकै एक वरिष्ट पत्रकार दीपशिखाले त एक दैनिक पत्रिकामा बाबुराम, राजु बस्नेत र बेपत्ता योद्धा शिर्षकमा विचार लेखेरै चर्को आलोचना पोखेका छन् । उनले बाबुरामले आफ्ना १० हजार सहकर्मीको रगत र हजारौँ बेपत्ता योद्धाको आर्तनादलाई कसरी भुले ? भनेर लेखमा प्रश्न समेत उठाएका छन् । उनको लेखमा उल्लेख छ– 'उनले (बाबुरामले) बस्नेतको बढुवा गर्दा पार्टीलाई सोधे कि सोधेनन् रु एमाओवादी बोलिसकेको अवस्था छैन । सोधे पनि र नसोधे पनि उनले गरेको यो बढुवा जनयुद्ध र १० हजार मान्छेको रगतमाथिको अपमान हो । उनले बस्नेतका अनुहारमा ४९ बेपत्ता योद्धाका रगतका छिर्का किन देखेनन् ? यो उनको कथित बौद्धिकतामा खिया परेको र जनयुद्धकालीन लासमाथि खित्खिताएको विद्रूप परिदृश्य हो ।'
भद्रकालीस्थित भैरवनाथ गणमा दिइएको यातना सम्झदै हिमाल शर्माले राजु बस्नेतलाई आफ्नै पार्टी नेतृत्व सरकारले बढुवा गरेपछि फेसबुकमा सेयर गरेको फोटो । |
यसैगरी, नेपाल एयरलाइन्समा कार्यरत एक क्रान्तिकारी विचार समूहका राजेन्द्र रेग्मीले भने बाबुरामलाई लाल गद्धार समेत भनेर घोषणा गरेका छन् । । उनले आफ्ना विभिन्न स्टाटस तथा कमेन्टहरुमा लाल गद्धारको संज्ञा दिएका हुन् । 'बिप्पा सम्झौता,माथिल्लो कर्णाली सम्झौता,कोशी उच्चबाँधको सम्झौता, भारतीय कम्पनीलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने निर्णय, जनमुक्ति सेनाको ब्यारेकमा नेपाली सेना परिचालन,सुकुम्बासी वस्तीमा डोजर चलाउनेजस्ता वर्गविरोधी,जनविरोधी र राष्ट्रघाती काम गर्दा जनवादी क्रान्ति सम्पन्न हुनै आँटेको व्याख्या गर्ने प्रचण्ड–बाबुरामजस्ता क्रान्तिका खलनायकहरुले राजु बस्नेतलाई बढुवा गरेपछि त समाजवादी क्रान्ति नै सम्पन्न भएको निष्कर्ष निकाल्न बेर छैन । तर उनीहरुका पिछलग्गु.........? उ नका स्टाटसमा उल्लेख छ ।
अझै बाबुराम सरकारको उक्त निर्णयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र अर्थात युवती लिएर अहिले वेपत्ता रहेका प्रकाश दाहाल पनि छन् । उनले समेत सरकारको निर्णयप्रति कडा तिक्तता पोख्दै आएका छन् ।
यी त केही उदाहरण मात्रै हुन् । बाबुरामको उक्त निर्णयप्रति शहिद तथा बेपत्ता परिवारले चित्त दुखाउन दुखाएका छन् । उक्त निर्णय सार्वजनिक हुन साथ बेपत्ता परिवार नेपालले एक प्रेस विज्ञप्ति निकालेर निर्णयप्रति आपत्ति जनाउँदै निर्णय सच्याउन माग समेत गरेको छ ।
अझै, आलोचनाकै कुरा गर्ने हो भने एमाओवादी निकटकै विद्यार्थी अर्का नेता रमेश मल्लले आफ्नो फेसबुक वालमा हामी जिउँदो छौँ भनेर थाहा भएन कि कसो किन गरियो बस्नेतको बढुवा भनेर प्रश्न गरेका छन् ।

को हुन् त राजु बस्नेत, किन भयो त विरोध
राजु बस्नेत नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल हुन् । उनीमाथि द्वन्दकालमा भैरवनाथ गणबाट ४९ माओवादी नेता तथा कार्यकर्ता बेपत्ता पारिएको अभियोग छ । उनलाई संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिसकेको अवस्था हो । तर अहिलेसम्म उनलाई कारबाही भन्दा पनि बढुवा पाउने क्रम जारी जस्तै देखिएको छ ।
संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले उनलाई कारबाही गर्न भनेको सन् २००६ मा हो । त्यस समयदेखि नै मानवअधिकारसम्बन्धी संस्था तथा शहिद तथा बेपत्ता परिवारहरुले उनका बारेमा पटक–पटक कारबाहीका लागि सरकारलाई झकझकाउँदै आएका छन् ।
राजु वस्नेतद्धारा वेपत्ता पारिएका काठमाण्डौं, ललितपुर र भक्तपुर स्थायी ठेगाना भएका केही व्यक्तित्वहरु
विपिन भण्डारी
किशोर गोलढुंगा–१ २०५९।३।३
दिलबहादुर राई
९प्रवीण० का।म।पा।–६, सरस्वतीनगर २०५९।३।३
निश्चल नकर्मी का।म।पा।५, महादेवस्थान २०६०।८।१७
रेणुका दुलाल तीनथाना ५ २०६०।८।१४
आइते लामा नाङ्लेभारे–९ २०६०।८।१०
अर्जुन महर्जन कीर्तिपुर–५ २०६०।७।१२
भीमराज महर्जन का।म।पा।३, गोंगबू २०६०।७।४
सुचेन्द्र श्रेष्ठ का।म।पा।९, सतुंगल २०६०।८।२१
दिपक पोखरेल का।म।पा।३ २०६०।४।६
हरिशरण महर्जन का।म।पा।३, सतुंगल २०६१।३।१८
देवराज दंगाल नाङ्लेभारे–८ २०६०।८।२९
अजय साही कीर्तिपुर–११
ध्रुव नेपाल नाङ्लेभारे
मीना श्रेष्ठ का।म।पा।६, नैकाप २०६१
पीपल श्रेष्ठ का।म।पा।२, सीतापाइला २०६०।७।१०
रमेश साही नयाँ बानेश्वर २०६०।५।१५
ठाकुर लामिछाने २०५८।१२।१९
बुद्धिप्रसाद पोखरेल मूलपानी–७ २०६०
तीर्थ वि।क। मूलपानी–७ २०६०
पदमनारायण नकर्मी बुङ्मती–३ २०६०।६।५
राजेन्द्र माली ठेचो–६ २०६०।६
नन्दगोपाल माली ठेचो–६ २०६१।४।१३
बाबुराजा माली ठेचो–६ २०६१।९।३
प्रल्हाद वाइवा छैमले
गोपाल नगरकोटी छम्पी कसुन्ती, मुक्तिनाथ कार्पेट २०५८।९।१९
मिलन नेपाली इमाडोल ८ ०५६÷२÷७
दुर्गा विसंखे २०६० गंगाराम श्रेष्ठ सल्लाघारी २०५८।१२।१२
वासुदेव चुवाल कटुन्जे–६ २०६१।९।३
कृष्ण प्याकुरेल लोकन्थली २०६०
बद्रीनारायण त्वायना भ।न।पा।४ २०५८।१२।१२
सत्यनारायण प्रजापती भक्तपुर–२, जेलाँ २०५९।१।१३
ल्लाघारी २०६१।३।९

बाबुरामको बाध्यता की रहर
संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन भनिसकेको अवस्थामा राजु बस्नेतलाई बढुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकेपनि यसलाई बाध्यताकै रुपमा लिन नहुने धेरैको मत छ । यो निर्णयले सेनामा बाबुरामको पकट बढ्न सके पनि बेपत्ता, घाइते तथा शहिद परिवार मात्रै नभएर आफ्नै कार्यकर्ताको मन भित्र भने कालो डकार लागेको बुझ्न सकिन्छ ।

प्रकाशित मिति:
October 06, 2012