• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » फेसबुक/ट्विटर चलाउनु सेक्स गर्नुभन्दा पनि मज्जा
फेसबुक/ट्विटर चलाउनु सेक्स गर्नुभन्दा पनि मज्जा


इन्टरनेटको शैलीमा जीवन बिताउनेहरूका लागि फेसबुक र ट्विटर चलाउनु यौनक्रीडा गर्नुभन्दा पनि बढी आकर्षक तथा आनन्ददायक भएको शुक्रबार प्रकाशित एक अनुसन्धानको नतिजामा उल्लेख गरिएको छ ।

सिकागो विश्वविद्यालय, बुथ स्कुल अफ बिजिनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणमा फेसबुक तथा ट्विटरजस्ता सामाजिक सञ्जाल हेर्नु, त्यसमा फोटो राख्नु तथा अरू राखेका कुरामा टिप्पणी गर्नु यौनक्रीडा गर्नु वा चुरोट पिउनुभन्दा पनि आकर्षक भएको देखिएको छ ।
यस्ता सामाजिक सञ्जाल सजिलै उपलब्ध भएको, त्यसमा संलग्न हुन धेरै लागत पनि नलाग्नेभएकाले यसलाई पन्छाउन निकै कठिन भएको सर्वेक्षणमा देखिएको यसका प्रमुख अनुसन्धानकर्ता विलहेल्म होफम्यानले बताए ।

यस्ता सामाजिक सञ्जालमा १८ वर्षदेखि ८५ वर्षसम्मका व्यक्ति सहभागी हुने गरेको स्मार्टफोनमा गरिएको सर्वेक्षणमा देखिएको छ ।

सर्वेक्षणमा सहभागी हुनेहरूलाई यौनक्रीडा, मदिरा, चुरोट तथा आनन्द दिने सामग्रीका सम्बन्धमा उनीहरूको चाहनाका विषयमा पनि प्रश्न गरिएको थियो ।

सहभागीहरूले ट्विटर तथा फेसबुकजस्ता सामाजिक सञ्जालप्रतिको आकर्षण अन्य सामग्रीप्रतिको आकर्षण भन्दा अझै कडा भएको तथा पन्छाउन नसकिने भएको बताएका छन् । अध्ययनमा यस्तो कार्य व्यसनको रूपमा देखा पर्ने पनि देखिएको छ ।

अध्ययनमा कामका समयमा मानिसले यौनक्रीडा, खरिददारी जस्ता विषयका आकर्षणलाई पनि भुल्ने गरेको देखिएको छ ।

प्रकाशित मिति: October 06, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |