• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » मुख्यमन्त्रीको भागबन्डा पर्सी टुंगिने, सानो मन्त्रीपरिषद बनाउने कार्यदलको तयारी
मुख्यमन्त्रीको भागबन्डा पर्सी टुंगिने, सानो मन्त्रीपरिषद बनाउने कार्यदलको तयारी

काठमाडौं १२ माघ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्धारा गठित संयुक्त कार्यदलले पर्सी आइतबार प्रदेश तथा मुख्यमन्त्री र प्रदेशको सभामुख बाँडफाँड टुंग्याउने भएको छ ।

कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङले आज र भोली दुवै अध्यक्षसँग सल्लाह गरेर पर्सी ११ बजे कार्यदल बैठक बसेर टुंग्याइने जानकारी दिए ।

कार्यदलले प्रदेशमा मन्त्रीमण्डल संख्या घटाउने गृहकार्य पनि गरेको छ । कुल सांसद संख्याको २० प्रतिशत संख्या बनाउँदा अत्याधिक ठूलो हुने भन्दै त्यसलाई घटाएर १० प्रतिशतको मात्र बनाउनुपर्ने कार्यदल बैठकले प्रारम्भिक निचोड निकालेको छ ।

‘संसारभरको अभ्यास हेर्दा कुल संख्याको १० प्रतिशतलाई आधार मानेर मन्त्रीमण्डल गठन गर्ने चलन रहेकाले हामी पनि १० प्रतिशतमै रहेर मन्त्रीमण्डल गठन गर्ने विषयमा छलफलमा छौं ।’ नेम्वाङले भने ।

सरकार गठन गर्दा प्रदेशले आफ्नो कुल सांसद संख्याको २० प्रतिशतबाट नबढाई मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था संविधानमा उल्लेख छ ।

प्रकाशित मिति: January 26, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |