नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत

नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले मंगलबार गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटेर शर्मालाई फिर्ता बोलाएर दुई देशबीचको सम्बन्धमा असर पर्न नदिन लिखित आग्रह गरेको एक विशिष्ट अधिकृतहरूले बताएको छन् ।
नेकपा(माओवादीको सिफारिसमा कतारका लागि राजदूत नियुक्त भएर गएदेखि नै शर्मा विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा छिन् । राजदूत हमरले यसअघि पनि मन्त्रालयमा पुगेर शर्माबारे गुनासो गरेका थिए ।
बीबीसी नेपाली सेवाका साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली कामदारहरूका लागि खुला जेल हो भन्ने अभिव्यक्ति दिएपछि कतार सरकारले आपत्ति जनाएको थियो । त्यो अभिव्यक्ति र साझा सवाल कार्यक्रम निर्माण टोलीको कतार प्रवेशका विषयमा कतारी विदेश मन्त्रालयले शर्मासँग स्पष्टीकरण समेत लिएको थियो ।
उनको विवादास्पद अभिव्यक्ति र कामका विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधे पनि कारबाही भने गर्न सकेको छैन । कतारी राजदूतले शर्माकै विषयमा दोस्रो पटक गुनासो गरेपछि मन्त्रालय गम्भीर भएको अधिकारीहरू बताएको आजको कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति:
September 20, 2013