• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Recent Hot » यी हुन् सात प्रदेशका सभामुखमा प्रतिस्पर्धी
यी हुन् सात प्रदेशका सभामुखमा प्रतिस्पर्धी

काठमाडाैं २१ माघ ।

नेपालका सात प्रदेश मध्ये प्रदेश नम्बर २ लाई छाडेर अन्य सबै प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने करिब निश्चित बनेको छ । त्यस्तै सभामुखमा पनि वाम गठबन्धनकै बर्चस्व रहेको छ । नयाँ पत्रिकाले आज सभामुखका सम्भावित उमेदवार को कोे हुनसक्ने भन्ने मुख्य समाचार प्रकाशित गरेको छ । प्रदेश नम्बर १ मा भीम आचार्य, शेरधन राई, जीवन घिमिरे र उषाकला राई प्रतिस्पर्धी रहेका छन् ।

आचार्य, राई र घिमिरे तीनैजना मुख्यमन्त्रीमा प्रतिस्पर्धामा रहेका र हारेका मध्ये एकलाई सभामुखमा व्यवस्थापन गर्ने वा महिलामा गर्नुपर्दा राईको सम्भावना देखिएको छ । प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टीले सभामुख पाउने सम्भावना देखिएको र त्यसका लागि वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ तथा मनीष सुमन प्रतिस्पर्धामा रहेका छन् । प्रदेश ३ मा सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको र एमालेबाट डोरमणि पौडेलले इच्छा देखाएको नयाँ पत्रिकाले बताएको छ । प्रदेश ४ मा माओवादी केन्द्रकी तर्फबाट आशा कोइराला सभामुख बन्ने र उनी एकमात्र प्रदेशसभा सभामुख बन्ने सम्भावना छ ।

साथै प्रदेश नम्बर ५ मा मुख्यमन्त्री एमालेको हुने र सभामुख माओवादीको हुने समझदारी अन्तर्गत माओवादीका सुदर्शन बराल तथा पूर्ण घर्ती प्रतिस्पर्धी देखिएका छन् । प्रदेश नम्बर ६ को सभामुखमा एमालेका यामलाल कँडेल र प्रकाश ज्वालाको दाबी देखिएको छ । त्यस्तै प्रदेश नम्बर ७ को सभामुख बन्न एमालेका चार नेता प्रतिस्पर्धामा देखिएका छन्, ति हुन्, पूर्णा जोशी, पठानसिंह बोहरा, तारा लामा र अर्जुन थापा ।

प्रकाशित मिति: February 04, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |