माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
चैत्र २९ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वैद्य नेतृत्वको नेकपा–माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भएको आरोप लगाएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष खनालले नेकपा–माओवादीले देशभर पैसा लिएर कांग्रेसलाई भोट दिएको आरोप समेत लगाए ।
उनले माओवादीले वर्गीय सोंच ख्याल राखेर आफ्नो पार्टीलाई भोट हालेको भए या बहिष्कार गरेको भए एमाले पहिलो पार्टी हुने दाबी पनि गरे ।
उनले माघ ८ गते संविधानसभाको पहिलो बैठक बसेको एक वर्षभित्र संविधान जारी गरिने समेत उल्लेख गरे ।
प्रकाशित मिति:
April 12, 2014