• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Serofero, सेरोफेरो » द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस
द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस

२५ फागुन । बम विष्फोटमा खुट्टा गुमाएकी खोटाङको दक्षिणी गाविस सुन्तले–२ की ३५ वर्षीया शान्तादेवी बन्जरालाई सात वर्षपछि राहतका लागि सिफारिस गरिएको छ ।

सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको बम विस्फोटबाट देब्रे खुट्टा गुमाएकी बन्जरा परिवारलाई सात वर्षपछि मात्र राहतका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सिफारिस गरिएको हो ।

लामो समयसम्म राहत पाउनबाट वञ्चित रहेकी द्वन्द्व पीडित बन्जरालाई यस पटकमात्र राहतका लागि सिफारिस गरिएको स्थानीय शान्ति समिति खोटाङका संयोजक ललितकुमार राईले बताए । पीडित परिवारको राहतका लागि जिल्ला प्रशासन कार्यालयमार्फत तीन वर्षअघि गरिएको सिफारिस कार्यान्वयन नभएपछि पुनः दोस्रोपल्ट सिफारिस गरिएको स्थानीय शान्ति समितिले जनाएको छ ।

विसं २०६४ चैत १० गते भएको भूमिगत बम विस्फोटमा खुट्टा गुमाएकी बन्जराको परिवारले सात वर्ष बितिसक्दासम्म पनि क्षतिपूर्ति पाएका छैनन् ।

राहतको माग गर्दै पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि द्वन्द्व पीडितले पाउने राहत हालसम्म नपाएको शान्तादेवीका श्रीमान् तारानाथ बन्जराले गुनासो गरे ।

द्वन्द्वको समयमा सुन्तलेको सुनापातालस्थित नेपाल टेलिकमको रिपिटर टावरको सुरक्षार्थ खटिएका सेनाले बिछ्याएको बम विस्फोट भई शान्तादेवीले देब्रे खुट्टा गुमाएका हुन् । बन्जरा घाँस काट्न गएका बेला बम विस्फोटमा परेका थिए । बम विस्फोटबाट बन्जराको देब्रे खुट्टाको घुँडामुनिको पूरै भाग चुँडिएको छ ।

विस्फोटबाट अपाङ्ग बनेका बन्जराका परिवारले २०६५ सालमा राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएको छ ।

प्रकाशित मिति: March 09, 2015

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |