• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » अमेरिकी राजदुतलाई कोरियामा ब्लेडले काटियो
अमेरिकी राजदुतलाई कोरियामा ब्लेडले काटियो

फागुन २१ । दक्षिण कोरियाका लागि अमेरिकी राजदुत मार्क लिपर्टमाथि दक्षिण कोरियाको राजधानीमा आक्रमण भएको छ ।

आक्रमणमा संलग्नले दुई कोरिया एक हुनुपर्ने नारा लगाउँदै उनीमाथि आक्रमण गरेका थिए । 

अक्रमणकारीले उनको गाला र हातमा ब्लेडले काटेका छन् । ब्रेकफास्ट मिटिङमा सहभागी भइरहेका ४२ वर्षीय लिपर्टको मुहार र देब्रे हात काटिएको छ ।

उनलाई आक्रमणलगत्तै अस्पताल लगिएको र चोट सामान्य रहेको बताइएको छ । ५५ वर्षीय आक्रमणकारी पूर्व विद्रोही लडाकु भएको पुष्टि भएको बिबिसीले जनाएको छ । उनले आक्रमणको क्रममा उत्तर र दक्षिण कोरिया पुन एकीकरण हुनुपर्ने नारा लगाएका थिए । उनलाई सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक कला केन्द्रमा ब्रेकफास्ट मिटिङ गरिरहेका दाजदुतमाथि आक्रमण गर्नुअघि ति आक्रमणकारीले उत्तर र दक्षिण कोरिया एक हुनुपर्ने नारा लगाएका थिए ।

ति आक्रमणकारीले अमेरिका र दक्षिण कोरियाले संयुक्तरुपमा गर्ने सैन्य तालिमप्रति विरोध समेत जनाएका थिए । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य तालिम अहिले जारी छ ।

यसअघि पनि दक्षिण कोरियामा रहेका जापानी राजदुतमाथि सोही पृष्ठभूमीका व्यक्तिले आक्रमण गरेका थिए ।

प्रकाशित मिति: March 05, 2015

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रदेश प्रमुख र प्रदेश राजधानीबारे ...

एमाले महासचिव पार्टी एकताको पक्ष क...

गाडी चढ्न अब लाइनमा बस्नपर्ने

बालुवाटार पुगेर प्रचण्डले देउवालाई ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |