बालुवाटार पुगेर प्रचण्डले देउवालाई भने, 'जथाभावी सरुवा बढुवा नगर्नुस्'
काठमाडौं १ पुस
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि शिर्ष दुई नेताबिच यो पहिलो भेट हो । भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायत विषयमा छलफल भएको बुझिएको छ ।
पछिल्लो पटक राष्ट्रिय सभा गठनबारे राजनीतिक रुपमा नै विवादका कारण अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएर बसेको छ । त्यस सम्बन्धमा पनि दुई नेताबिच छलफल भएको छ ।
प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाका अनुसार कामचलाउ भूमिकामा देउवा सरकार रहेकाले राजनीतिक महत्व राख्ने सरुवा बढुवाका निर्णय नगर्न प्रधानमन्त्रीलाई प्रचण्डले सचेत गराएका छन् । गर्नै परे राजनीतिक सहमतिको आधारमा गर्न मात्र पनि देउवालाई सुझाव दिइएका थिए ।
प्रकाशित मिति:
December 16, 2017