गम्भीर दुर्घटना नभए मंसिर ४ मै चुनाव : यादव

भदौ २५ । मंगलवार विहान सुनसरीको इटहरीमा पत्रकारहरुसंग कुराकानी गर्दै यादवले अघिल्लो संविधानसभाबाट संविधान नबन्नुमा राजनीतिक दलहरुबीच संविधानमा किटान हुने विषयवस्तुमा तालमेल नभएकै कारण संविधान बन्न नसकेको तथ्य औँल्याउँदै त्यसका लागि अहिले पनि राजनीतिक दलहरुबीच सहमति हुन जरुरी रहेको बताएका छन् ।
चुनावलाई सक्रिय रुपमा बहिष्कारको घोषणा गर्ने नेकपा-माओवादी पनि यस पटकको चुनावमा भाग लिन सक्ने तर्फ सङ्केत गर्दै यादवले विचार मिल्ने मधेसवादी पार्टीहरुसँग सहकार्य गर्ने बारेमा छलफल भइरहेको पनि बताए ।
मुलुकको हितका लागि संविधान निर्माण हुनु अत्यन्तै जरुरी रहेको वताउँदै यादवले सम्पूर्ण राजनीतिक दलका बीचमा साझा बिन्दुमा एक भएर उभिने वातावरण बनेन भने मुलुक गम्भीर दुर्घटनामा पर्नसक्ने खतरा रहेको पनि उनले औल्याए ।
प्रकाशित मिति:
September 10, 2013