शम्भु थापाको सामान सर्वोच्चमा
२५ भदौ, काठमाडौं ।
राजश्व अनुसन्धान विभागले वरिष्ठ अभिवक्ता शम्भु थापाको ल फर्मबाट नियन्त्रणमा लिएको सम्पूर्ण सामान सर्वोच्च अदालतमा पेश गरेको छ । राजश्वको टोलीले सामान बुझाएको सर्वोच्चका प्रवक्ता श्रीप्रसाद पौडेलले जानकारी दिएका छन् ।
न्यायाधीश ज्ञानेन्द्रबाहादुर कार्की र गिरिशचन्द्र लालको इजलासमा पेशी तोकिएको छ । आफ्नो फर्ममा गैरकानुनी रुपमा छापा मारेको भन्दै थापाले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो र नियन्त्रणमा लिइएको सबै समान अदालतमा पेश गर्न भनेको थियो । तर, ज्ञानेन्द्रबहादुर कार्कीले हेर्न नमिल्ने भएपछि पेशी आइतबारलाई सरेको छ ।
राजश्वले शुक्रबार थापाको लिगल एडभाइजर्स फोर्ममा छापा मारेर ल्यापटप, सीपीयू र भ्याटविल प्याड २ थान नियन्त्रणमा लिएको थियो ।
थापाले मन्त्रि परिषदका अधक्ष खिलराज रेग्मीको विरुद्धमा परेको रिट र सरकारका विरुद्ध कडा प्रतिक्रिया दिदै आएका थिए । सरकारले उनको ल फममा छापा मारेर भ्रष्टाचारको कसरत गर्नुले प्रतिशोधले काम गरेको सर्वसाधारणको बुझाई रहेको छ ।
प्रकाशित मिति:
September 10, 2013