'तीन वर्षभित्रमा सबै जिल्लामा निःशुल्क कम्युटर शिक्षा, सगरमाथाको टुप्पोमा फ्री वाईफाई'
काठमाडौं १९ माघ ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पु¥याउने गरी काम गरिरहेको बताएका छन् । उनले अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी समेत दिएका छन् ।
सरकार प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले सरकारले सगरमाथा र अन्नपूर्ण हिमालमा वाईफाई निशुल्क बनाउने कार्य गरिरहेको समेत बताएका छन् । काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी दिँदै उनले सगरमाथा र अन्नपूर्ण हिमालमा पनि वाईफाई फ्रि जोन घोषणा गर्न सरकार लागिरहेकाे उनले बताएका हुन् ।

“नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्छ”–उनले कार्यक्रममा भने ।
मन्त्री बस्नेतले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा समेत जोड दिए । अब कुनै पनि दल तथा नेताले याे या त्याे बहानामा जनतालाइ अल्मल्याउन नहुने भन्दै अब सबै देश विकासमा लाग्नुपर्नेमा उनले जाेड दिए ।
तीन दिनसम्म चल्ने सो महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिए । महोत्सबको हेलोखबर अनलाइन मिडिया पार्टनर समेत रहेको छ ।
प्रकाशित मिति:
February 02, 2018