निषेधको संस्कृतिबाट जनताको संविधान बन्दैन : वैद्य
असार १० । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले जनयुद्धको मुल धारलाई निषेद गरेर संविधानसभाको चुनाव हुनैनसक्ने बताएका छन् ।
सोमबार संवाद डबलीमा प्रगतिशील लेखक हिरामणी दुःखीको ‘स्मृतिका कुइनेटा’ नामक पुस्तक विमोचन कार्यक्रममा सो कुरा बताएका हुन् ।
अध्यक्ष वैद्यले निषेधको संस्कृतिबाट जनताको संविधान नबन्ने भन्दै कांग्रेस–एमालेमा जस्तै एकीकृत नेकपा माओवादीमा पनि निषेधको राजनीति हावी भएको बताए । वैद्यले ‘सबै चुनावी प्रक्रियालाई रोकेर सवै पक्षसँग वार्ता र छलफल गर्नुपर्छ’, हाम्रो पार्टी वार्ताको लागि तयार छ ।’ हामी आन्दोलनरत पक्षलाई निषेध गरेर हुन संविधानसभाको चुनाव हुनै नसक्ने र यदि भएमा पनि त्यसबाट जनताको संविधान बन्न नसक्ने ठोकुवा गरे ।
आन्दोलनरत दलहरुलाई निषेद गरी संविधानसभाको चुनाव गराइए आफूहरुले पनि आन्दोलनको बलमा सडकबाटै जनताको संविधानको घोषणा गर्ने बताए ।
त्यसको लागि आन्दोलनरत दलहरु बसेर आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउनु बताए । आफूहरुले अहिलेसम्म चुनावलाई बहिस्कार र हुन नदिने नभनेको भन्दै निषेदको राजनीति जारी राखे बहिस्कार र चुनावलाई हुनै नदिने आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने वैद्यले बताए ।
अध्यक्ष वैद्यदले लोकतन्त्र र विधिको शासनका हिमायति ठान्ने नेपाली कांग्रेस र एमालेले एकीकृत माओवादीसँग मिलेर लोकतन्त्र र विधिको शासनलाई ध्वस्त पारेको बताए ।
कार्यक्रममा लेखक तथा साहित्कार अमर गिरी, इश्वरचन्द्र ज्ञवाली, नरेन्द्रजंग पीटरले टिप्पणी गरेका थिए । पुस्तक अक्सपोर्ट प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।
प्रकाशित मिति:
June 24, 2013