महारानीको नामबाट आएको नक्कली फोन उठाउने रिसेप्सनिष्ट मृत फेला
बेलायती राजकुमार पत्नी क्याथरिन केट गर्भवती भई हस्पिटलमा भएको अवस्थामा बेलायती महारानी र युवराजको नामबाट फोन आएपछि केटको सम्पूर्ण अवस्था नढाटी जानकारी गराएकी अस्पतालकी नर्स मृत फेला परेकी छन् ।
उनले आत्महत्या गरेकी हुनसक्ने बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अस्ट्रेलियाली रेडियोका कार्यक्रम सञ्चालकहरुले आफूहरु बेलायती महारानी र युवराज भएको भनि ढाटेर ती नर्ससँग केटको अवस्थाबारे जानकारी लिएका थिए ।
महारानी र युवराजकै फोन आएको भनेपछि उपचारमा संलग्न नर्सले पनि स्वास्थ्य स्थितिबारे सबै बेलिबिस्तार लगाउन भ्याएकी थिइन् ।
नक्कली व्यक्तिले फोन गरी जानकारी लिएको प्रति बिहीबार अस्पतालले सार्वजनिक रुपमा माफी मागेको थियो ।
यसको दुई दिनपछि उनको मृत्यु भएको हो । उनको बेहोस शरीर अस्पतालबाट केही पर भेटिएको र उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
एफएमका मेल ग्रेग र माइकल क्रिस्चियनलेले महारानीको नक्कल गर्दै अस्पतालमा म मेरी बुहारीलाई पाउन सक्छु भन्दा साँच्चिकै महारानी ठानेर उनले फोन केट रहेको कोठामा पास समेत गराएकी थिइन् ।
![]() |
राजकुमारी क्याथरिन |

प्रकाशित मिति:
December 08, 2012