• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News, photo Gallary » एमालेबाट सभामुख, एक वर्षपछि राष्ट्रपति र प्रधानमन्त्रीको पनि निर्वाचन
एमालेबाट सभामुख, एक वर्षपछि राष्ट्रपति र प्रधानमन्त्रीको पनि निर्वाचन

माघ २६ । नेकपा एमालेले सरकारमा कांग्रेस सभापति सुशिल कोइरालालाई समर्थन गरेपछि एमालेले भने सभामुख पाउने भएको छ ।

दुई दलबीच भएको सहमतिको सातौं बुँदामा संविधान सभा अध्यक्ष एमालेलाई दिने उल्लेख गरिएको छ ।

दुई दलबीचको सहमतिमा संविधान सार्वजनिक भएपछि र लागू हुनुअघि प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुने उल्लेख गरिएको छ।

जुन ७ बुँदा यस्ता छन्ः

१) एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।

२) अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।

३) संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।

४) एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने।

५) एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।

६) सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।

७) संविधान सभा अध्यक्ष एमालेलाई दिने।

प्रकाशित मिति: February 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |