जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
माघ २३ । पछिल्लो निर्वाचनबाट एकाएक चर्चा बटुलेको आम आदमी पार्टी (आप) का एक नेतालाई बलात्कारको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको छ ।
आम आदमीको नेता रमन स्वामीले एक महिलालाई जागि लगाईदिने आश्वासन देखाएर बलात्कार गरेको दिल्ली प्रहरीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दक्षिण दिल्लीको ऋषिकेशनगरमा स्वामीले ती महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।
स्वामीलाई आउदो ८ तारिखमा अदालतमा पेश गरिने भएको छ । भारतको दिल्ली सरकारमा आपकै नेता अरविन्द्र केजरीवाल मुख्यमन्त्री छन् ।
प्रकाशित मिति:
February 06, 2014