• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » बामदेवको नेतृत्वमा एमाले सरकारमा, मन्त्रालयको भागबण्डा विवरणसहित
बामदेवको नेतृत्वमा एमाले सरकारमा, मन्त्रालयको भागबण्डा विवरणसहित


माघ २६ । उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने भएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको एमाले स्थायी कमिटी बैठकले गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

कांग्रेस र एमालेबीच भएको सम्झौता अनुसार एमालेले उप–प्रधान तथा गृह, स्थानीय विकास, सञ्चार सहितका मन्त्रालय पाउने छ । दुई दलबीच सरकारको भाग बन्डाको विषयमा भएको कुराकानी अनुसार दुईदल बाहेकका अन्यदल सरकारमा सहभागी हुँदा एमालेले ९ मन्त्रालय पाउने र दुईदलको मात्रै सरकार बन्दा प्रधानमन्त्री सहित १३ कांग्रेस र बाँकी १३ मन्त्रालय एमालेले पाउने गरी सहमति भएको छ । मौखिक सहमतिलाई कार्यान्वयन गर्दै  ७ दिनमा पूर्ण सरकार बनाउन पनि दुवै दल सहमत भएका छन् ।

सहमति अनुसार संविधानसभाको सभामुख पनि एमालेले नै पाउने छ । जसमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम अग्र पंक्तिमा छ । एमालेबाट उप–प्रधानसहित गृह मन्त्रालय सम्हाल्ने छन् भने सचिव विष्णु पौडेलले ऊर्जा मन्त्री हुने चर्चा छ ।

यता, प्रधानमन्त्रीसहित परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय आफ्नो पार्टीको पोल्टामा पारेको कांग्रेसभित्र भने उपप्रधानमन्त्री पदमा चार नेता अघि सरेका छन् ।

महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाले परराष्ट्रसहितको उपप्रधानमन्त्री मागेका छन् भने त्यस्तै नेतृ सुजाता कोइराला र नेता डा। रामशरण महतले पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमै रुचि देखाएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: February 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |