• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी

 पुस २८ ।  जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ हुने कम्प्युटर शिक्षा सुनेकै भरमा विद्यार्थीले पढ्ने र शिक्षकले बिना अध्ययन नै पढाउने गरेका छन्।

कम्प्युटरसम्बन्धी आधारभूत जानकारी नै नभएका शिक्षकले कम्प्युटरबिना नै किताबको भरमा पढाउने गरेको गुनासो विद्यार्थीले गरेका छन्।

सरकारले यसै वर्षदेखि कक्षा ६ देखिको पाठ्यक्रममा ५० पूर्णाङ्कको कम्प्युटर विषय समावेश गरेपछि यस्तो समस्या परेको हो।

कालिका निम्नमाध्यमिक विद्यालयमा कम्प्युटर विषयको पढाइ सुरु भयो तर विद्यालयमा कम्प्युटर नै छैन। न त पढाउन जान्ने शिक्षक नै छन्। प्रधानाध्यापक तिलकबहादुर थापा अनुसार  “विद्यालयमा न कम्प्युटर सिकेका शिक्षक छन् न कम्प्युटर नै छ। यस्तो अवस्थामा कसरी पढाउने ?” सरकारले तालिमप्राप्त शिक्षक र पूर्वाधार व्यवस्था नगर्दै पाठ्यक्रममा कम्प्युटर शिक्षा अनिवार्य गरेपछि जाजरकोट लगायतका पहाडी जिल्लाका विद्यालय अप्ठ्यारोमा परेका छन्।

पिपेको बागेश्वरी निमाविमा कक्षा ६ मा पढ्ने नवीन पुन कम्प्युटर नै नदेखेको बताउँछन्। रिसाङको त्रिभुवन निमाविकी सविता वलीले पनि अहिलेसम्म कम्प्युटर देखेकी छैनन् । “सरले मौखिकरुपमा पढाउनुहुन्छ तर कम्प्युटर नहुँदा कस्तो हुन्छ देख्न पाएको छैन,” उनले भनिन्। त्यस्तै पञ्चभयार मावि खगेनकोट जिकुवामा कस्तो हुन्छ कम्प्युटर थाहा नै नभएको यहाँका विद्यार्थीले बताएका छन् । (रासस)

प्रकाशित मिति: January 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |