तरकारीमा छर्कने विषादी प्रयोग गरी आमाद्धारा आत्महत्या, छोरी अस्पताल भर्ना
बैशाख १३ । सप्तरीमा तरकारीमा छर्कने विषादी प्रयोग गरी आमाले आत्महत्या गरेकी छन्
भने उनकी छोरी अस्पताल भर्ना भएकी छन् ।
राजविराज नगरपालिका–९ का छतीस यादवकी पत्नी ३० वर्षीया प्रमिलादेवी यादवको विषसेवनले मृत्यु भएको हो ।
घरायसी विवादका कारण बुधबार राति रोबट नामक तरकारीमा छर्कने विषादी सेवन गरेकी प्रमिलादेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरीलाई पनि औषधि भन्दै खान लगाएको विषादीले गर्दा ७ वर्षीया मौसमकुमारी अस्पताल भर्ना भएकी छन् । मौसमको अवस्थामा सुधार भइरहेको चिकित्सकले बताएका छन् ।
मृतकका एक छोरा छन् भने पति छतीस यादव वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् ।
यसैगरी सप्तरीको फत्तेपुर गाविसमा एक युवकले हिजो आत्महत्या गरेको छ ।
फत्तेपुर गाविस–३ बस्ने नरबहादुर मगरको छोरा ३० वर्षीय तिलकबहादुरले पासो लगाई आत्महत्या गरेको हो ।

प्रकाशित मिति:
April 26, 2013