एयर एम्बुलेन्सबाट नेता ओलीलाई बैंकक लगिदैं

एमाले संसदीय दलका नेता समेत रहेका उनलाई एयर एम्बुलेन्समार्फत दिउँसो २ बजेपछि बैंकक लैजाने तयारी भएको बुझिएको छ ।
एक्कासी वान्ता गरेपछि ओलीलाई आइतबार राति शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । प्रयोगशाला परीक्षणमा उनलाई फंगल मेनेन्जाइटिस (ढुसीको संक्रमणले हुने मस्तिष्क ज्वरो) भएको पुष्टि भएको हो ।
ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना ओलीको स्वास्थ्य बिग्रिएपछि फागुन १८ गते दिल्लीको म्याक्स अस्पताल लगिएको थियो । डेढ महिना लामो उपचारपछि वैशाख ३ गते स्वदेश फर्केका ओली महाधिवेशन केन्द्रित बैठक र सभामा सक्रिय भएका थिए ।
प्रकाशित मिति:
April 30, 2014