नयाँ दिल्लीमा दलाल समातिए, मानवतस्करीको नयाँ खुलासा
कात्तिक ८ । वैदेशिक रोजगारीमा पठाइदिने नाममा नेपाली चेलीसँग रकम ठगीमा संलग्न दुईजना दलाल नयाँ दिल्लीमा समातिएका छन् । हेल्प नेपाली मिसन भारतको सक्रियतामा उनीहरुलाई पक्राउ गरी बाह्रखम्बा रोडस्थित नेपाली दूताबासमा केही दिनअघि बुझाइएको छ ।
तीन जना चेलीहरुसँग एकमुष्ठ नौ लाख नेपाली रुपैयाँ ठगी गर्ने रामेछापका लाल बहादुर लामा र काठमाडौं स्थित मुन लाईट मेन पावरमा कार्यरत उनका छोरा गौतम लामा समातिएका हुन् । सिन्धुपाल्चोक लिसंखु गाविस वार्ड नं. ९ वाफल घर भएका पिडीत निमा लामा र रोमन लामाको लिखित निवेदन अनुसार उनीहरुलाई समातेर बुझाइएको मिसनका अध्यक्ष कवि कार्कीले जानकारी दिए ।

ती दलालहरुले युगाण्डा स्थित यु.एन. भित्र काम लगाई दिने भनी रकम असुलेका थिए । सो ठगीका मुख्य योजनाकार सुनिल अधिकारी फरार छन् । अधिकारी नयां दिल्लीस्थित हरिनगर आश्रममा रहेको सौराज मेन पावर प्रालिमा कार्यरत थिए । रामेछापका गोपाल परियार समेत ठगीमा संलग्न भएको खुलेको छ ।
यसअघि मोरङका गोपाल अधिकारी शर्मा र अटल भाई भन्ने अफगानी नागरिकले चोरीको क्रेडिट कार्डद्धारा नक्कली टिकट तथा अन्य कागजात तयार गरी पिडीत मध्ये तेजकुमार लामालाई केन्या हुंदै युगाण्डा पठाएका थिए । सो क्रममा केन्याको अन्तराष्ट्रिय विमानस्थलमा लामा अलपत्र परेका थिए ।
लामालाई नोकरीको व्यवस्था गर्न नसकेको र दलालहरुले पटक पटक फिर्ता ल्याउने बहाना बनाई तीन पटक सम्म नक्कली टिकट पठाएको पिडीतद्धारा जानकारी भएपछि हेल्प नेपाली मिसनको सक्रियतामा लामालाई केन्याबाट सकुसल उद्धार गरी दिल्ली ल्याइएको थियो । लामालाई आफन्तको साथमा नेपाल पठाइएको मिसनले जनाएको छ । पक्राउ परेकाहरूलाई कारबाही गर्न मिसनले माग गरेको छ ।
पक्राउ परेकाहरुबाट वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरु बस्ने स्थानको पनि खुलासा भएको छ । जसअनुसार दलालहरु नयाँ दिल्लीको नजफगढ, मजनुकटिला, बुरादी, बजीरावाद, सन्तनगर, भजनपुरा, गोपालपुर, धरोडागाउं, उत्तम नगर, नवादा, द्धारका, नाङलोई, खानपुर, छत्तरपुर, महिपालपुर, पहाडगंज, करोलवाग, लक्ष्मीनगर, साकेत, कोटला, साउथ एक्स, मुनिरका, बसन्तकुञ्ज, बसन्त विहार, गुडगांव हरियाणा, नोयडा युपीमा बस्ने गरेका छन् ।

उनीहरुले आफुहरु बस्ने ठाऊंमा नक्कली कागजपत्रहरु समेत तयार पार्ने र पालिका बजार राजिवचोक, रामकृष्ण आश्रममार्ग मेट्रो स्टेशन, मजनुकटिला लगायतका स्थानहरुमा सिधासाधा नेपालीहरुलाई लगी प्रलोभन देखाउने र रकम असुल समेत गर्ने गरेको पक्राउ परेकाहरुबाट खुल्न आएको छ । कतिपयले त अरुको अफिस, होटल, रेष्टुरेण्ट देखाई ठगीको उपाय अपनाउने गरेको खुल्न आएको अध्यक्ष कार्कीले जानकारी दिए । नेपाल सरकार संग कुनै वैदेशिक रोजगार संवन्धि सम्झौता नभएका मुलुकहरु साउथ अफ्रिका, युगाण्डा, लिविया, सिरीया, अफगानिस्तान, ईराक, साईप्रस, अष्ट्रेलियाको क्रुस, न्यू पपनीगुनिया, वेइरिस, कम्बोडियाको क्यासिनो, बेल्जियम, जर्मन, माल्दिभस्मा पनि नक्कली कागजपत्रका आधारमा कामदार पठाउन दलालहरु सक्रिय रहेको बुझिएको छ ।
प्रकाशित मिति:
October 25, 2013