लिबियाका सैनिक जर्नेललाई गाडी रोकेर गोलि हानि हत्या गरियो
साउन २७ – रक्षा मन्त्रालयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका लिबियाली सेनाका जर्नेल मोहम्मद हादिया अल फितौरीलाई गाडी रोकेर गोलि हानि हत्या गरिएको छ ।
उनको लिबियाको हादियास्थित पूर्वी शहर बेन्गाजीमा हत्या भएको हो ।
शुक्रबारको प्रार्थना सकेर घर फर्किरहेका बेला बन्दुकधारी समूहले गाडी रोकेर गोली हानेको हादियाका छोराले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।े
हत्यामा संलग्नको पहिचान र हत्या गर्नुको कारण भने अहिलेसम्म केही पनि खुल्न सकेको छैन ।
लिबियाको बेन्गाजीमा पछिल्लो समय गद्धाफी शासन कालमा सेवा गरेका सुरक्षा अधिकारीहरुको हत्या हुने क्रम बढेको बिबिसीमा उल्लेख छ ।
प्रकाशित मिति:
August 11, 2012