भारतको राजसंस्थानमा आमाले बेचिन ४० हजारमा आफ्नो शिशु
साउन २७, भारतको राजस्थानमा एक आमाले आफ्नो आठ दिनको शिशुलाई ४० हजारमा बेचेकी छन् ।
राजस्थानकी एक महिलाले आफ्नो शिशुलाई ४० हजार भारतीय रुपयामा बेचेपछि प्रहरीले महिला सहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले बिक्री गर्ने र किन्ने दुवैपक्षका गरी पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिशु बेच्ने सन्ध्या नामकी महिला र उनका पति अशोक सँगै शिशु खरिद गर्ने दम्पत्ती विनोद र उनकी श्रीमती शकुन्तलालाई पक्राउ गरेको हो । यो परिवारले आफ्नो ठूलो सन्तानको उपचारको लागि सानो सन्तानको विक्री गरेको बयान दिएको छ ।
राजस्थानको सरहदी जिल्ला श्रीगंगामा भएको यस घटनामा सन्ध्याका पति अशोकले भने आफूहरुले शिशु बेचेवापतको रकम नपाएको बयान प्रहरीसमक्ष दिएका छन् । अशोकले प्रहरीसमक्ष आफूहरुले बेचेको शिशुको रकम नपाएको उजुरी गरेपछि यो घटना सार्वजनिक भएको हो । अशोक स्वायम् आफ्नो बच्चा बेचेको तर त्यस बापतको रकम नपाएको भन्दै उजुरी गर्न प्रहरीकहाँ पुगेका थिए ।
प्रहरीको अनुसन्धानले शिशु किनबेचको सम्पूर्ण काम मात्र ४० हजारमा पुरा भएको बताएको छ ।
शिशु विक्री गरेर २० हजार रुपयाँ लिइसकेका दम्पितलाई खरिदकर्ताले २० हजार दिन बाँकी रहेको थियो । प्रहरीले शिशु विक्री गर्ने अभिभावकबाट १४ हजार रुपया समेत बरामद गरेको छ । प्रहरीले यो सबै शीशु विक्रीको घटनालाई धर्मपुत्रको बहाना बनाइएको समेत बताएको छ ।
प्रकाशित मिति:
August 11, 2012