कोरियाका लागि नयाँ फाराम २०१३ मा खुल्ने
साउन २६ – पछिल्लो समय वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाका लागि फाराम खुल्ने भएको छ ।
त्यहाँ जान ईपीएस भाषा परीक्षाको फारम सन् २०१३ मा मात्र खुल्ने भएको हो ।
दक्षिण कोरियाबाट रोजगार गरी नेपाल फर्किएका कामदारको संस्था ‘अंकुर’ को स्थापनाको उद्घाटन कार्यक्रमा नेपालस्थित कोरियाली मानव संशाधन विभागका निर्देशक किम व्यङ छन्ले सन् २०१३ को जुलाईसम्म खुल्न सक्ने जानकारी दिएका छन् ।
उनले सन् २०११ मा भाषा परीक्षा उर्तिण गरेका १५ हजार नेपाली कामदारमध्ये ५ हजार मात्र दक्षिण कोरिया गएको पनि जनाए ।
उनले विगतमा भन्दा कम नेपाली कामदार कोरिया जानुमा नेपालीहरूले धेरै मात्रामा कार्यस्थल परिवर्तन गर्नु मुख्य कारण भएको पनि बताउनुभयो । निर्देशक छन्ले विशेष गरी महिलाहरू धेरैमा मात्रामा कार्यस्थल परिवर्तन गर्ने गरेको पनि जनाए ।
आगामी दिनमा नेपाली कामदारको माग बढाउन कोरियास्थित नेपाली दूतावासले आवश्यक कदम चाल्नुपर्ने उनले सुझाव दिएका छन् ।
प्रकाशित मिति:
August 10, 2012