आचारसंहिता उल्लघन गर्नेलाई उम्मेदवारीबाटै हटाउने तयारी
कात्तिक ८ । निर्वाचनमा आचारसंहिता विपरित कार्य बढेर गएपछि निर्वाचन आयोग चितवनले उम्मेदवारी रद्धको तयारी थालेको छ ।
चेतावनी दिँदा पनि अटेर गरेकाले उम्मेदवारी रद्दका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको एक निर्वाचन अधिकृतको भनाई उदृत गर्दै कान्तिपुरले खबर छापेको छ ।
२ पटकभन्दा बढी अटेर गर्नेको उम्मेदवारी रद्दका लागि सिफारिसको गृहकार्य भईरहेको उनका भनाई छ । पहेंलो कार्ड दिइसकेको भन्दै उनले अब पनि अटेर गरे जरिवाना र उम्मेदवारी रद्द गर्न बाध्य हुने बताए ।
चितवन ५ का राप्रपा उम्मेदवार विक्रम पाण्डेले पुरस्कार वितरण गरेको, वृद्धवृद्धालाई भोज खुवाएको, आफ्नो कालिका एफएमबाट पक्षपूर्ण प्रचार गरेकोमा निर्वाचन कार्यालय गम्भीर बनेको मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले बताए । ‘अनुगमन र प्रमाण जुटाएर कारबाही गर्छौं,’ उनले भने, ‘कारबाहीमा उम्मेदवार रद्द, जरिवाना र ६ वर्षसम्म चुनाव लड्न नपाउने हुनेछ ।’
अहिलेसम्म परेका उजुरीमा बाजागाजा बजाएर उम्मेदवारलाई डुलाएको, भोज खुवाएर मतदाता बटुलेको, चुनाव चिह्न अंकित टोपी र टिसर्ट लगाएको, सार्वजनिक सवारी, नगरबस, माइक्रोबस, रिक्सामा झन्डा फर्फराएको र ठूला पोस्टर ब्यानर टाँग्ने लगायतका छन् । ‘दिनहुँ उजुरी आइरहे छन्,’ उनले भने ।

प्रकाशित मिति:
October 25, 2013