संसदमा अर्थमन्त्रीलाई प्रश्न- 'कनिका छरेजस्तो पैसा छर्न कसले सरकारलाई स्वीकृति दियो ?'
काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसदमा आज बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले जनताको करबाट सङ्कलन भएको पैसा सरकारले रकमान्तर गरेकामा आपत्ति जनाए ।
उनले अर्थमन्त्री डा. रामशरण महतको निर्वाचन क्षेत्रमा मात्र ४९ वटा कार्यक्रमका रु एक करोड ५४ लाख रकमान्तर भएको आरोप लगाउँदै कनिका छरेजस्तो पैसा छर्न कसले सरकारलाई स्वीकृति दियो भन्ने प्रश्न गरे ।
सांसद कर्णले प्रधानमन्त्री सुशील कोइरालाले अवरुद्ध संसद सुचारु गर्न वार्ता गर्न किन फुर्सद निकाल्नुभएन ? भन्ने प्रश्न गर्दै प्रतिपक्षी दलहरूले एकातिरका कार्यक्रममा विनियोजन बजेट अन्यत्र खर्च गर्न रोकिनुप¥यो मात्र भनेको हुन्, बजेटमा अनियमितता रोकिनुप¥यो मात्र भनेका हुन् भने ।
सरकारले चारबुँदे सहमति पालन नगरेको र संसदमा प्रतिपक्षी दललाई विश्वासमा लिन नसकेको उनले बताए ।
सांसद कर्णले आफ्नो भनाइ राखिरहँदा अर्थमन्त्री डा. महतले आफ्नो आशनबाट उठी नियमापत्ति जनाएका थिए । यसपछि सभामुख सुवास नेम्वाङले सांसद कर्णलाई नै आफ्नो भनाइ निरन्तर राख्न समय दिएका थिए ।
सांसद कर्णले सरकारले रकमान्तरका विषयमा जवाफ नदिएसम्म संसद सुचारु नुहने भनाइ राखेपछि प्रतिपक्षी दलका सबै सांसद आ–आफ्ना आशनबाट उठेर विरोध जनाएका थिए ।
सोही समयमा अर्थमन्त्री डा. महतले पनि बोल्न समय माग्दै आफ्नो आशनबाट उठेका थिए । यसपछि सभामुख नेम्वाङले सरकारले बोल्न चाहेका खण्डमा समय दिनुपर्छ तर प्रतिपक्षी दलका सांसदहरू आशनबाट उठिरहनुभएकाले यसलाई संसद अवरुद्ध मानिन्छ भन्दै अर्थमन्त्री डा महतलाई समय दिएनन् ।
व्यवस्थापिका–संसदको अर्काे बैठक भोलि अपराह्न ५ बजे बस्नेछ । व्यवस्थापिका–संसदको आजको दैनिक कार्यसूची अनुसार अर्थमन्त्रीले आव २०७१/७२ को विनियोजन विधेककका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्न प्रस्ताव गर्ने कार्यक्रम थियो । रासस

प्रकाशित मिति:
June 03, 2014