खोटाङ हलेसी बजारको आगलागी नियन्त्रणमा, ६ घरमा क्षति
खोटाङ १९ पौष । खोटाङस्थित प्रसिद्घ धार्मिक तथा पर्यटकीयस्थल हलेसीवजारमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ब्यवसायी मगम राईको घरबाट मंगलबार साँझ साढे सात बजे अचानक सुरु भएको आगो स्थानीय तथा प्रहरीको प्रयासमा करिब साढे तीन घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भए पनि कुनै मानबीय क्षति भएको छैन । आगलागीबाट प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । आगलागीको कारण र क्षतिको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।
आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा लयाउन सफल बनेको उक्त नगर प्रमुख राईले बताए ।
नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।
बाक्लो बजारमै आगो लागेकाले हलेसीबासी त्रसित बनेका थिए ।

प्रकाशित मिति:
January 03, 2018