महाकालीले नेपाल भारतको सीमा स्तम्भ बगायो
असार ६ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्तनगरपालिका–११ स्थित नेपाल–भारतको सीमा स्तम्भ नं ८ बुधबार अपरान्ह बगाएको छ ।
चार दिनसम्मको लगातारको वर्षाका कारण उर्लिएको महाकाली नदीले पश्चिमी नाकाक्षेत्रमा पर्ने ८ नम्बर सीमा स्तम्भ बगाएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी जीवन कार्कीले बताए ।
वर्षा रोकिएको भएपनि महाकाली नदीले भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा कटान गरिरहेको सेनाले जनाएको छ ।
त्यसैगरी कटान भइरहेको क्षेत्रका स्थानीय जनताका घरायसी सामानसमेत सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण कञ्चनपुरमा मात्रै दुईसयभन्दा बढी परिवार प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । रासस
प्रकाशित मिति:
June 19, 2013