परिवर्तनलाई कुण्डित गरेर २४० क्षेत्र मान्न सकिन्न : माओवादी प्रवक्ता
काठमाडौं ३० असार
सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संविधानले नै सुनिश्चित गरेका अधिकारलाई कुण्ठित पारेर पुरानै संरचना अनुसार २ सय ४० निर्वाचन क्षेत्र स्वीकार गर्न नसक्ने बताएकी छिन् ।
संविधानले ग्यारेण्टी गरेका महिला, आदिवसाी तथा जनजाती, दलित, पछाडि पारिएका क्षेत्रको अधिकार गुम्ने गरी २ सय ४० निर्वाचन क्षेत्र मान्न नसकिने उनको भनाई छ ।
‘संविधानले महिलाको अधिकार सुनिश्चित गरेको छ, आदिवासी जनजाती, मधेसी, पछाडी पारिएको क्षेत्रको अधिकारलाई सुनिश्चित गरेको छ,’ हेलो मिडिया प्रालिको आयोजनामा राजधानीमा आयोजित दुई दिने इन्भेष्टिगेटिभ रिपोर्टिङ तालिमको उदघाटनका क्रममा उनले भनिन् ‘समावेशी र समानुपातिक प्रणाली कटाएर सिट संख्या बटबढ गर्ने निर्णय पार्टीले मान्दैन ।’
प्रवक्ता भुसालले राज्यको पुनसंरचनाको विषयमा बहस चलिरहेको बेला समावेशी र समानुपातिक विषय हटाएर २ सय ४० मा नै फर्कनु खोज्नु एकात्मक राज्यको मानसकिताबाट पछि हट्न नसक्नु भएको टिप्पणी समेत गरिन् । यद्यपी, महिला, दलित, आदिवासी जनताजी तथा पछाडी पारिएको वर्ग तथा क्षेत्रको अधिकार हेरफेर नहुने गरी २ सय ४० वटै निर्वाचन क्षेत्र राख्ने विषयमा भने सोच्न सकिने उनको भनाई छ ।
नेतृ भुसालले एमालेसहितको सहमतिमा संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने प्रयास भईरहेको भन्दै एमालेले समर्थन नगरे दुई तिहाई पुर्याएर अघि बढ्ने तयारी समेत भईरहेको बताइन् । तर, सांसदहरु हराउने र अनुपस्थित हुने देखिएकाले दुई तिहाई पुर्याउन कठिन देखिएको उनको भनाई छ ।
प्रवक्ता भुसालले नेपालमा खोजमुलक र अनुसन्धात्मक पत्रकारिताको विकासमा समेत जोड दिइन् ।
प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले अब पत्रकारिता जगतमा खोजी पत्रकारिताको आवश्यता रहेको औल्याए । उनले लक्ष्यमुखी पत्रकारिता गरिए पनि खोजीमुखी पत्रकारित ागर्न नसकेको औल्याए ।
माओत्सेतुङको भनाई उदृत गर्दै उनले हाम्रो पत्रिकाहरु समेत भुत्ते भएको उदाहरण पेश गरे । पुलिसको रिपोर्ट ल्याएर छाप्ने काम खोजी पत्रकारिता नभएको भन्दै प्रहरी भन्दा चनाखो भएर अब पत्रकारहरुले पत्रकारिता गर्नुपर्ने उनको सुझाव थियो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका (सचिन) ले अनुसन्धानात्मक पत्रकारिताले विश्वमा ठूला ठूला नीतिगत परिवर्तन भएपनि नेपालमा अनुसन्धानत्मक पत्रकारिताको सुरुवाती भएपनि नीतिगत रुपमा ठूला परिवर्तन अझै नभएको औल्याए ।

प्रकाशित मिति:
July 14, 2017