हराएको विमान भेटिएको मलेसियाली सेनाको दाबी
२ सय ३९ यात्रु सवार हराईरहेको विमान राडारबाट मलाका स्ट्रेटमा भेटिएको मलेसियाली सेनाले दाबी गरेको हो । हवाई ट्राफिक कन्ट्रोलले पछिल्लो पटक विमानसँग सम्पर्क गरेको ठाउँबाट मलाका स्ट्रेट धेरै टाढा रहेको बताइएको छ ।
क्वालालम्पुरबाट बेइजिङका लागि उडेको २ सय ३९ यात्रु रहेको मलेसियन एयरलाइन्सको विमान चार दिनदेखि पत्तो लाग्न सकेको छैन । तर समाचार संस्था रोयटर्सले भने मलेसियाली सेनालाई उद्धृत गर्दै मलाया पेन्निसुला र इन्डोनेसियाली टापु सुमात्राको बीचमा जहाज भएको उल्लेख गरेको छ ।
कोटा भारुबाट त्यो विमानले बाटो परिवर्तन गर्दै उचाई घटाएर विमान मलाका स्ट्रेटमा छिरेको रोयटर्सले उल्लेख गरेको छ । विमानको बारेमा अन्य कुनै पनि तथ्य भने अहिलेसम्म फेला परेको छैन ।
प्रकाशित मिति:
March 11, 2014