लुक्लामा हेलिकोप्टर दुर्घटना, एकको अवस्था गम्भीर, ३ घाइते
दुर्घटनामा एक एक जनाको अवस्था गम्भीर रहेको र ३ जना घाइते भएका छन् ।
हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा तारको बाउन्डरीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाकारी दिएको छ ।
धावन मार्गमा करिब १०० टाढा रहेको स्थानमा जालीमा अड्कीएर हेलिकप्टरकको पछिल्लो भागमा क्षती भएको बताइएको छ ।
दुर्घटनामा अरुण मल्ल, लाक्पा सोनाम शेर्पा, अनिता शेर्पा र सोनाम शेर्पा घाइते छन् भने दागेलु सेर्पा गम्भिर घाइते भएका छन् ।
उनलाई थप उपचारको लागी थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।
प्रकाशित मिति:
September 26, 2013