राष्ट्रिय ध्वजावाहक विमान दसैंमा नउड्ने
असोज ८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम दशैंमा आन्तरिक उडान नगर्नेमा पुगेको छ ।
नयाँ इन्जिन जोहो गर्न नसकेपछि दशैंमा यसका आन्तरिक उडान नहुने भएको हो ।
आन्तरिक उडान गर्न निगमसँग हाल एउटामात्र जहाज रहेकोमा जहाजमा रहेका दुईथान इन्जिनमध्ये बायाँ इन्जिनको उडान अवधि पनि अब ३० घन्टामात्र बाँकी छ। ३० घन्टा उडान सकिनुअघि नै निगम व्यवस्थापनले अर्को इन्जिन व्यवस्था गर्न नसके आन्तरिक उडान बन्द हुनेछ ।
निगम बढी केन्द्रित गरेको दुर्गम भेगका विमानस्थलका लागि अहिले यो जहाजलाई दैनिक एक घन्टा उडायो भने दसैंमा यो 'ग्राउन्डेड' हुने निश्चित हुने आजको नागरिक दैनिकले खबर छापेको छ ।
नयाँ इन्जिन जोहो गर्न नसकेपछि दशैंमा यसका आन्तरिक उडान नहुने भएको हो ।

निगम बढी केन्द्रित गरेको दुर्गम भेगका विमानस्थलका लागि अहिले यो जहाजलाई दैनिक एक घन्टा उडायो भने दसैंमा यो 'ग्राउन्डेड' हुने निश्चित हुने आजको नागरिक दैनिकले खबर छापेको छ ।
प्रकाशित मिति:
September 26, 2013