जेलमा रहेका गुप्ताले दिएको खाना खाँदा तीन प्रहरी आईसियू भर्ना
असोज १० । अपहरण अभियोगमा जेल सजाय भोगिरहेका नेता श्यामसुन्दर गुप्ताले दिएको खाना खाँदा तीन प्रहरी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई अहिले आईसियूमा राखेर उपचार गराईरहेको छ ।
गुप्ताको सुरक्षाको लागि खटिएका प्रहरी हवल्दार पदम नेपाली तथा जवानहरु तेजबहादुर कठायत, राधेश्याम बर्मा र लीलाधर नेपाली गम्भीर बिरामी परेकोमा लीलाधर र बर्माको आइसियूमा उपचार भइरहेको नागरिक र नयाँ पत्रिकाले खबर छापेका छन् ।
रक्तचाप बढेपछि गुप्ता मंगलबार दिउँसो ३ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा भर्ना भएको र कैदी बन्दी अस्पतालमा भर्ना हुँदा उनीहरुको सुरक्षार्थ प्रहरीसमेत खटाइने हुन्छ ।
सुरक्षार्थ खटिएका उनीहरुले मंगलबार बेलुका गुप्ताको छोराले ल्याएको कोल्ड ड्रिक्स र खाना खाएका थिए । खाना खाए लगत्तै उनीहरुका साथै नेता गुप्ताका छोरा पनि बिरामी परेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति:
September 26, 2013