मुख्यमन्त्री छान्न माओवादीलाई सकस
शुरबहादुर सिंह र दीपेन्द्र शर्मा
सुर्खेत, २३ माघ (रासस) । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र) लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ ।
प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश भण्डारी र कालीकोट (ख) का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए ।
“राष्ट्रियसभाको निर्वाचन आउन एक दिनमात्रै बाँकी रहेकाले आजभोलि नै मुख्यमन्त्रीको टुङ्गो नलाग्ने र निर्वाचनलगत्तै छनोट प्रक्रिया अघि बढ्छ”, उनले भने । मुख्यमन्त्रीको टुङ्गो सहमतिबाटै लगाउने र त्यसका लागि भरमग्दुर प्रयास भइरहेको उनको भनाइ छ ।
मुख्यमन्त्रीको दाबी गरिरहेका संसद् भण्डारीले पार्टी नेतृत्वले नै मुख्यमन्त्री बनाउने वचन दिएकाले प्रदेशसभामा आएको र यसमा शुरुदेखि नै आफ्नो दाबी रहेको बताउँदै उहाँले पार्टी नेतृत्वले आफ्नै पक्षमा न्यायिक निर्णय गर्नेमा ढुक्क रहेको जानकारी दिए ।
संसद् शाहीले पनि आफू मन्त्री भइसकेकाले अन्य पदमा बस्न नचाहेकाले पार्टीले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले मात्र प्रदेशसभामा आएको बताए । प्रतिस्पर्धाभन्दा पनि पार्टीले आफ्नो पक्षमा नै निर्णय गर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्रीका लागि भने संसद्द्वय भण्डारी र शाहीले नेतृत्वसँग लविङ बढाइरहेका छन् ।
एक साताभित्रै सबै मन्त्रालय स्थापना
प्रदेश नं ६ मा एकसाताभित्रै सबै मन्त्रालय स्थापना गरिने भएको छ ।
फागुन ५ गतेसम्म मुख्यमन्त्री निर्वाचित गरिसक्ने कार्यक्रम भएकाले त्यसअघि नै सबै मन्त्रालय स्थापना गरिसक्ने तयारी गरिएको मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएकाले अब अन्य मन्त्रालयको व्यवस्थापनका लागि मर्मतसम्भारका काम शुरु गरिएको उनले बताए ।
जनशक्ति अभावका कारण मन्त्रालयको व्यवस्थापनमा ढिलाइ भएको प्रमुख सचिव प्रधानको भनाइ छ । प्रदेश संरचनाअनुसार यस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका सात मन्त्रालय हुनेछन् ।

प्रकाशित मिति:
February 06, 2018