नेपालकै एकमात्र मनकामना केबलकार बन्द
फागुन २७ । चितवनको कुरिनटारमा निर्माण गरिएको नेपालकै एकमात्र केबलकार तीन दिनका लागि बन्द गरिएको छ। चितवनको कुरिनटारबाट मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि भन्दै आजबाट बन्द गरिएको हो। बन्द भएसँगै मनकामनामा आउने हजारौँ यात्रुलाई सास्ती भएको छ।
केबलकार चल्ने टावर, पुराना यन्त्र उपकरण, तारलगायतको मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको केबलकारका स्टेसन म्यानेजर विएन कायस्थले बताए। तीन दिन लगातार बन्द गरेकाले यात्रुलाई असर नपरोस् भनेर सूचना जारीसमेत गरिएको उनको भनाइ छ।
सार्वजनिक सूचना नै जारी गरेर केबलकार बन्द गरिए पनि कतिपय यात्रु जानकारी नपुग्दा केबलकार आएर फर्किएका छन्।
करिब रु ४५ करोडको लागतमा निर्माण भएको मनकामना केबलकार २०५५ साल मङ्सिर ८ गतेबाट सञ्चालनमा आएको थियो।
यहाँबाट मनकामना दर्शन गर्न दैनिक तीन हजार यात्रु ओहोरदोहोर गर्ने गरेको केबलकार सञ्चालकले बताएका छन्। अहिले प्रतिव्यक्ति करसहित रु ५७५ लिने गरिएको छ। हाल उक्त केबलकार सञ्चालन गर्नुपरे कम्तीमा रु एक अर्ब लाग्ने अनुमान छ।
हाल बोका बोक्ने तीनवटा र ३१ वटा कार (गन्डोला) उक्त केबलमा जडान गरिएको छ। एउटा गन्डोलामा चार जना अटाउँछन्। प्रतिघण्टा केबलकारले ६०० यात्रु ओसार्ने गरेको स्टेसन म्यानेजर कायस्थले बताए।
अहिले दैनिक बिहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन गरिँदै आएको केबलकार दिउँसो १ बजे एक घण्टा आराम गर्ने गरिएको छ। मर्मतपछि ३० गतेबाट नियमित सञ्चालन हुने बताइएको छ । -रासस

प्रकाशित मिति:
March 11, 2014