• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, World » नाकाबन्दी विरुद्ध क्यानडामा विरोध प्रदर्शन
नाकाबन्दी विरुद्ध क्यानडामा विरोध प्रदर्शन

मंसिर १३ । भारतले लगाएको नाकाबन्दीका विरुद्ध क्यानडामा पनि विरोध प्रदर्शन भएको छ । एनआरएन क्यानडाले नेपालमा भइरहेको भारतीय नाकाबन्दीविरुद्ध टोरन्टोमा विरोध प्रदर्शन गरेको हो ।

त्यहाँ रहेका नेपालीहरुले तत्काल नाकाबन्दी खोल्न माग गरेका छन् । उनीहरुले भारतीय महावाणिज्य दूतावासअघि विरोध प्रदर्शन प्रदर्शन गरेका थिए ।

एनआरएन क्यानडाका अध्यक्ष तुलसी थपलियाले नाकाबन्दीले दुई देशबीचको सम्बन्धलाई कमजोर बनाउँदै लगेको भन्दै नाकाबन्दी तत्काल खोल्न आग्रह गरे ।
प्रदर्शनमा टोरन्टोका विभिन्न नेपाली संस्थाहरुको सहभागिता थियो । 

यसअघि, अमेरिका, बेलायत लगायत दर्जनौं राष्ट्रमा भारतका विरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ । राष्ट्रसंघले पनि पटक पटक नाकाबन्दी खोल्न आग्रह गर्दै आएको छ । भारतले भने हेपाहा प्रवृत्तिमा सन्धी सम्झौता विपरित २ महिना बढी समयदेखि अघोषित रुपमा नाकाबन्दी लगाउँदै आएको छ ।

प्रकाशित मिति: November 29, 2015

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |