विमान खसालेपछि टर्की र रसियाको सम्बन्ध दरार
मंसिर । टर्कीले रसियन विमान खसालेपछि दुई देशको सम्बन्ध दरार बनेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रह गरेका छन् ।
टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको हो।
टर्कीले आफ्नो भूभागमा विना अनुमति प्रवेश गरेको भन्दै त्यसको विरोध गरिरहँदा सोमबार मात्र रसियाको उक्त विमान खसालेको बताएको थियो ।
राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रुपमा सो देशमा भ्रमण रद्द गरिएको बताएका छन् ।
बुधबार रसियाली एक टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति पुटिनले सो धारणा राख्नुभएको हो ।
रसियाले योजनावद्ध तरिकाले टर्कीले विमान खसालेको र नतिजा नराम्रो हुने बताईरहँदा अमेरिकाले टर्कीको समर्थन गरेको छ । यसले अमेरिका र रसियाबीचको सम्बन्धमा पनि थप चिसोपना आएको छ ।

प्रकाशित मिति:
November 26, 2015