जाजरकोटमा नेपाल पत्रकार महासंघको आयोजनामा राजनैतिक पार्टी संग अन्तरक्रिया
प्रेम अनुराग चन्द
जाजरकोट २२ पौष । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा मंगलवार दिउसो जिल्ला शाखा कार्यालयमै जिल्लामा क्रियाशिल राजनैतिक पार्टी प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको समग्र विकास लगाएतका समसामयिक बिषयमा छलफका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
समग्र देश चलाउने जिम्मा लिएका राजनैतिक पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुलाई समग्र जिल्ला निर्माणका लागी बढी जिम्मेवार र उत्तरदायी बनाउनका लागी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखा जाजरकोटका अध्यक्ष जनक केसीले वताए । उनले जिल्लाको समग्र विकासका लागी राजनैतिक दल र पत्रकारहरु एक ठाउँमा आएर उभिनु पर्नेमा जोड दिदै भने “जिल्लाको समग्र विकासका लागी जिल्लाका पत्रकारहरुले निभाउनु पर्ने भुमिका र दलहरुले पुरा गर्नु पर्ने दायित्वका वारेमा स्पष्ट हुनलाई अन्तरक्रिया कार्यक्रम निकै महत्वपूर्ण रहयो ।”
त्यसै गरि जिल्लाकै वृहतर हितका लागी साँझा राजनैतिक निर्णय लिनका लागी यस अन्तरक्रिया कार्यक्रमले जिल्लामा क्रियाशिल राजनैतिक पार्टीलाई नयाँ सिकाई भएको जिल्ला शाखाका सल्लाहकार तथा कान्तिपुर देनिकका सम्वाददाता भीमबहादुर सिंहले वताए । उनले जिल्लाका राजनैतिक पार्टीहरुलाई हप्तामा एक पटक संगै बसेर चिया खाना र जिल्लाका विषयमा छलफल गर्न पनि आग्रह गरे ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै एनेकपा (माओवादी) अध्यक्ष पूर्णदेव शर्माले जिल्लाको विकासका लागी पत्रकार र राजनैतिक पार्टीहरु एक हुन सकिने विषयहरु सबैमा एक हुनु पर्नेमा जोड दिए । त्यसै गरि नेकपा एमालेका अध्यक्ष करवीर शाहीले राजनैतिक पार्टी र पत्रकारहरुले जिल्लाको विकासका लागी विषयगत दक्षता हासिल गर्नु पर्नेमा जोड दिए ।
राप्रपा का अध्यक्ष कमान खड्काले जिल्लाको विकासका लागी नलसिंह गाढ मेगा प्रोजेक्ट सपन्नतामा, भेरी पुलनिर्माण र मोटरवाटो निर्माणमा जिल्लाका सबैले जोड दिनु पर्ने वताए । त्यसै गरि नेपाली काँग्रेसका तर्फवाट प्रकाश कार्की, राप्रपा नेपालका तर्फवाट शोभा शाही,नेकपा माक्र्सवादीका तर्फवाट चन्द्रबहादुर वली, नेकपा–माआवादीका तर्फवाट ईमाश्वर देवकोटा र संघिय समाजवादीका तर्फवाट पदमा पुनले आआफ्ना धारणा राखेका थिए ।
प्रकाशित मिति:
January 06, 2015